नेपाल सुपर लिग : काठमाडौं रेजर्स विजयी

डिसी नेपाल
२५ मंसिर २०८० २०:५६
32
Shares

काठमाडौं । नेपाल सुपर लिग फुटबल प्रतियोगितामा काठमाडौं रेजर्सले पोखरा थन्डर्सलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा काठमाडौंले पोखरालाई २-१ गोलअन्तरले पराजित गर्‍यो ।

खेलको दोस्रो हाफको अतिरिक्त समयमा जोकिर उगली शोख्रुखले गोल गरेपछि काठमाडौंको जित पक्का भएको थियो । त्यसअघि खेलको ५९औँ मिनेटमा पोखराका खेलाडी आयुष घलानले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । तर काठमाडौँका खेलाडी एनकुनगुए जुनियरले खेलको ८३औँ मिनेटमा एक गोल फर्काउँदै खेललाई एक–एक गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा शोख्रुखले गोल गर्दै काठमाडौंको जित पक्का गरे ।

यस जितसँगै काठमाडौंले पाँच खेलमा आठ अङ्क जोडेको छ । त्यस्तै समान खेल खेलेको पोखराको पनि समान आठ अङ्क नै छ । भोलि दशरथ रङ्गशालामा साँझ ५ बजे हुने खेलमा झापा फुटबल क्लब र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.