अष्ट्रेलिया र पाकिस्तानबीचको टेस्ट खेलका क्रममा थर्ड अम्पायर अचानक बेपत्ता भएपछि…

डिसी नेपाल
१२ पुष २०८० १६:०७
252
Shares

काठमाडौं । अष्ट्रेलिया र पाकिस्तानबीच मेलबर्नमा जारी दोस्रो टेष्ट खेलको बिहीबार अर्थात आज तेस्रो दिन हो । लंचपछि थर्ड अम्पायर आफ्नो सिटमा नपुगेपछि खेल केही समयका लागि रोकिएको थियो । दुवै टोलीका खेलाडी र फिल्ड अम्पायरले तेस्रो अम्पायरलाई कुर्नुपरेको थियो ।

खाजा खाएपछि अष्ट्रेलियाका ब्याट्सम्यान र पाकिस्तानी टोलीसँगै फिल्ड अम्पायर पनि मैदानमा पुगेका थिए तर थर्ड अम्पायर रिचर्ड इलिंगवर्थ आफ्नो सिटमा पुगेका थिएनन् । थर्ड अम्पायर अचानक बेपत्ता भएपछि खोजी गर्दा उनी लिफ्टमा फसेको पत्ता लाग्यो । जसका कारण खेल ७ मिनेट ढिलो सुरु भएको थियो ।

सबैजना थर्ड अम्पायर आफ्नो ठाउँमा पुग्ने प्रतिक्षा गरिरहेका थिए। यस्तो अवस्थामा बाउन्ड्री नजिक उभिएका चौथो अम्पायरले जिम्मेवारी लिए र दौडेर तेस्रो अम्पायर बस्ने ठाउँमा पुगे । उनले लिफ्ट भित्रबाट थर्ड अम्पायर रिचर्ड इलिंगवर्थको आवाज सुने। त्यसपछि प्राविधिक अधिकारीको सहयोगमा उनलाई लिफ्टबाट बाहिर निकालिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.