कोशीलाई हराउदै एपीएफ प्रधानमन्त्री कप महिला टी- २० को फाइनलमा

डिसी नेपाल
१५ पुष २०८० १२:४८
56
Shares

काठमाडौं। विभागीय टिम एपीएफ जारी प्रधानमन्त्री कप महिला टी-२० प्रतियोगिताको फाइनलमा पुगेको छ। एपीएफले आइतबार सम्पन्न पहिलो क्वालिफायरमा कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै फाइनलमा पुगेको हो।

एपीएफले दिएको १४० रनको लक्ष्य पछाएको कोशी प्रदेशले २० ओभरमा ४ विकेट गुमाउदै ८७ रन बनाएको थियो। यसअघि पहिला ब्याटिंग गर्दै एपीएफले २० ओभरमा २ विकेट गुमाएर १३९ रन बनाएको थियो।

यो हारपछि कोशी प्रदेशले अब दोस्रो क्वालिफायर खेल्न पाउने छ। अब कोशीले दोस्रो क्वालिफायरमा आजै हुने सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशबीचको इलिमिनेटरको विजेतासँग खेल्ने छ। दोस्रो क्वालिफायर सोमबार हुने छ।

त्यस्तै यस प्रतियोगितामा अहिलेसम्म अपराजित रहदै फाइनलमा पुगेको एपीएफले उपाधिका लागि दोस्रो क्वालिफायरको विजेतासँग बुधबार खेल्ने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *