फुलह्यामसँग आर्सनल स्तब्ध
काठमाडौं। इङ्लिश प्रिमियर लिग अन्तर्गत फुलह्यामले आर्सनललाई पराजित गरेको छ। आइतबार सम्पन्न खेलमा फुलह्यामले आर्सनललाई २-१ गोल अन्तरले पराजित गरेको हो।
१-० गोलले अग्रता लोएको आर्सनलले अग्रता जोगाउन नसक्दा हार बेहोरेको थियो। फुलह्यामको जितका लागि खेलको २९औं मिनेटमा राउल जिमेनेज र खेलको ५९औं मिनेटमा बबी डे कोर्ड़ोभाले गोल गरेका थिए।
यसअघि खेलको पाँचौं मिनेटमा बुकायो साकाले आर्सनलका लागि शुरुवाती गोल गरेका थिए। यो फुलह्यामको यस सिजनमा सातौं जित हो। यो जितपछि २० खेलमा २४ अंकसहित फुलह्याम अंक तालिकामा १३औं स्थानमा रहेको छ।
त्यस्तै आर्सनलको भने यो यस सिजनमा चौथो हार हो। यो हारपछि आर्सनलको २० खेलमा ४० अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment