अब पशुपतिमा हुने आरती र दीप प्रज्ज्वलनको भिडियो खिच्न नपाइने

डिसी नेपाल
१९ पुष २०८० १६:४५
76
Shares

काठमाडौं । पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्ज्वलनको भिडियो खिच्न नपाइने भएको छ ।

पशुपति क्षेत्र विकास कोष र कोषबाट स्वीकृत प्राप्त संस्था बुढासुब्बा डिजिटल प्रालिले सार्वजनिक सूचना निकालेर पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्ज्वलनको भिडियो नखिच्न आग्रह गरेका हुन् । अन्यथा नपाइने कानुनअनुसार कारबाही हुने चेतावनी दिइएको छ ।

‘यस पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्ज्वलनको भिडियो खिच्न सख्त मनाही छ,’ सार्वजनिक सूचनामा भनिएको छ, ‘यहाँ खिचिएका भिडियो सामग्री फेसबुक, इन्ष्टाग्राम, टिकटक तथा युट्युबमा व्यावसायिक प्रायोजनका लागि राखिएको थाहा भएमा डिजिटल कपिराईट ऐनअन्तर्गत कारबाही हुने जानकारी गराउँदछौं ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *