५२ वर्षीया महिलालाई बलात्कार गरेको आराेपमा ७२ वर्षीय वृद्ध पक्राउ

डिसी नेपाल
२७ पुष २०८० १६:१९
724
Shares

झापा। ५२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-१२ प्रगति टोल बस्ने ७२ वर्षीय धनबहादुर श्रेष्ठ छन्। उनलाई बिहीबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

श्रेष्ठले ती महिलालाई मंगलबार दिउँसो जबरजस्ती करणी गरेको उजुरी परेको थियो। प्रहरी चौकी चारआलीबाट खटिएको टोलीले उनलाई उनलाई पक्राउ गरेको उक्त कार्यालयले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *