भारत लैजान लागेका दुई किशोरीको उद्धार, तीन जना पक्राउ

डिसी नेपाल
२९ पुष २०८० १९:३२
396
Shares

बर्दिया। दुई किशोरीलाई ललाई फकाई भारत लैजाँदै गरेको अवस्थामा आइतबार गुलरिया–११ गणेशपुर नाकाबाट प्रहरीले उद्धार गरेको छ।

उनलाई उद्धार गर्दै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। साना हातहरू नेपाल संस्थाको सक्रियतामा प्रहरीले दुई किशोरीको उद्धार गरेको हो।

नेपाल भारत सीमाको गणेशपुरबाट भारतको लौकाहीतर्फ शंकास्पद रुपमा मोटरसाइकलमा जाँदै गर्दा उनीहरूलाई पक्राउ प्रहरीले पक्राउ गरिएको प्रहरीको भनाइ छ।

बाँकेको जानकी गाउँपालिकाकी १५ वर्षीया र बर्दिया बढैयाताल गाउँपालिकाकी १६ वर्षीया किशोरीलाई भारत लैजान लागेको अवस्थामा उद्धार गरिएको बर्दिया प्रहरीका प्रवक्ता डिएसपी तिलकराम अर्यालले जानकारी दिए।

उनका अनुसार बाँके कोहलपुर-७ का २६ वर्षीय लालबहादुर पुन, बैजनाथ गाउँपालिकाका प्रेमबहादुर विक र जानकी गाउँपालिका–६ का अंकित कुमार लोनियालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले उनीहरु विरुद्ध मानव बेचबिखनको मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *