प्रथम श्रेणी क्रिकेटमा सबैभन्दा छिटो तेहरो शतकको कीर्तिमान
काठमाडौं । प्रथम श्रेणी क्रिकेटमा तन्मय अग्रवालले १४७ बलमा ट्रिपल सेन्चुरी बनाउने कीर्तिमान बनाएका छन् । तन्मयले अविजित ३२३ रन बनाए ।
यो अहिलेसम्मको सबैभन्दा छिटो तीन शतक हो। यस क्रममा तन्मयले ३३ चौका र २१ छक्का प्रहार गरे ।
उनले रणजी ट्रफीमा सबैभन्दा छिटो दोहोरो शतक बनाउने रवि शास्त्रीको कीर्तिमान पनि तोडे ।
रवि शास्त्रीले १२३ बलमा यो कीर्तिमान बनाएका थिए भने तन्मयले ११९ बलमा बनाएका थिए ।
हैदराबादबाट खेल्दै उनले अरुणाचल प्रदेशविरुद्ध यो कीर्तिमान बनाएका थिए ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment