सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्छ : प्रधानमन्त्री
फाइल फाेटाे
सिमरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अगाडि बढ्ने बताएका छन् ।
बाराको जीतपुरसिमरा उपमहानगर पालिकास्थित विशेष आर्थिक क्षेत्र (सेज)को अवलोकन भ्रमणपश्चात स्थानीय व्यवसायीसँग आज अन्तक्रिया गर्दै उनले निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाउने स्पष्ट पारे ।
“निजी क्षेत्रलाई संलग्न नगराई सेज परियोजना सफल हुँदैन, सरकार निजी क्षेत्रको साथमा छ,” प्रधानमन्त्रीले भने, “रुग्ण उद्योग सञ्चालन हुन्छन्, विशेष आर्थिक क्षेत्रलाई महत्त्व दिएर निजी–सरकारी साझेदारीमा उद्योग सञ्चालन गर्नुपर्छ ।”
‘सेज’ले उत्पादन र निर्यात प्रवद्र्धनमा सहयोग पुर्याइ देशलाई समृद्ध बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गरे ।







डिसी नेपाल







Facebook Comment