साउदीलाई हराउँदै दक्षिण कोरिया एशियन कपको क्वाटरफाइनलमा

डिसी नेपाल
१७ माघ २०८० ६:३८
332
Shares

काठमाडौं। दक्षिण कोरिया एशियन कपको क्वाटरफाइनलमा पुगेको छ।

गएराति सम्पन्न खेलमा दक्षिण कोरियाले पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै साउदी अरेबियालाई पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो।

यस अघि निर्धारित ९० मिनेटको खेलमा दुवै देशले १-१ गोल गरेका थिए।

खेलको ४६औं मिनेटमा साउदीका अब्दुल्लाह राडिफले गोल गर्दै शुरुवाति गोल गरेका थिए भने दक्षिण कोरियाले खेलको ९०औं मिनेटमा चो गुइ संगको गोलमा कमब्याक गरेको थियो।

त्यसपछि ३० मिनेटको अतिरिक्त समयमा दुवै देशले थप गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टीबाट भएको थियो।

अब क्वाटरफाइनलमा दक्षिण कोरियाले अस्ट्रेलियाको सामना गर्ने भएको छ । त्यसैगरी यो हारपछि साउदी अरेबिया भने प्रतियोगिताबाट बाहिरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.