इरान एशियन कपको क्वाटरफाइनलमा

डिसी नेपाल
१८ माघ २०८० ७:१८
60
Shares

काठमाडौं। इरान जारी एशियन कपको क्वाटरफाइनलमा पुगेको छ। गएराती सम्पन्न राउण्ड १६ को खेलमा सिरियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इरान प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो।

निर्धारित ९० मिनेटको खेलमा १-१ गोलको बराबरी गरेपछि यो खेल ३० मिनेट अतिरिक्त समय खेलाइएको थियो। अतिरिक्त समयमा थप कुनै गोल नभएपछि खेल बराबरी भयो र खेलको निर्णय पेनाल्टी सुटआउटमा भएको थियो। पेनाल्टी सुटआउटमा इरानले ५-३ ले खेल जितेको थियो।

यस खेलमा खेलको ९१औ मिनेटमा इरानका मेहदी तारेमीले रातो कार्ड पाएका थिए।

अब जितपछि क्वाटरफाइनलमा इरानले जापानको सामना गर्ने छ। त्यस्तै यो हारपछि सिरिया प्रतियोगिताबाट बाहिरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *