राप्रपा नेपालले लघुबित्त र सहकारी समस्या बारे अन्तरक्रिया गर्ने
काठमाडौं। राप्रपा नेपालको सहकारी बिभागले ‘लघुबित्त तथा सहकारी क्षेत्रका समस्या, चुनौती र समाधानका उपाय’ बिषयमा आज अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ।
लाखौ मानिसहरुसँग जोडिएको अत्यन्तै जल्दिबल्दो बिषय र पछिल्लो समय संकटग्रस्त क्षेत्रको रुपमा रहेकोे बिषयलाई उठान गर्नुपर्ने आबश्यकता रहेकोले कार्यक्रम आयोजना गरिएको बिभागका प्रमुख तथा राप्रपा नेपालका नेता राजकुमार खड्काले जानकारी दिए।
कार्यक्रममा सम्बन्धित बिषयका बिज्ञ , सहकारी लघुबित्त आबद्ध ब्यक्तिहरु, पीडितहरु, सन्चारकर्मी तथा यस बिषयलाई नजिकबाट हेरिहरेका ब्यक्त्तित्वहरुको सहभागीता रहने कार्यक्रम तयारी समितिका सदस्य सचिब महेशबहादुर सिंहले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment