एमाले संसदीय दलको बैठक आह्वान
काठमाडौं। प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलको बैठक आह्वान गरिएको छ।
एमाले संसदीय दलका नेतासमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार र आइतबार दुई दिन बस्नेगरी संसदीय दलको बैठक बोलाएका हुन्।
बैठकमा आगामी सोमबारबाट संघीय संसदको हिउँदे अधिवेशन सुरु हुन लागेकाले संसदमा पार्टीको तर्फबाट खेल्ने भूमिकाका विषयमा छलफल हुने एमालेले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment