एकीकृत समाजवादी सधै जनताको पक्षमा : अध्यक्ष नेपाल

डिसी नेपाल
१९ माघ २०८० २२:२८
24
Shares

देउखुरी । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी जनताको बहुदलीय जनवाद (जबज)को सिद्धान्तमा चलेको बताउँदै जबजको विरोध गर्नेहरु कम्युनिष्ट हुन नसक्ने धारणा राखेका छन् ।

दाङ निर्वाचन क्षेत्र नम्बर १ देउखुरीमा पार्टीको भेलामा उनले जबजको सान्दर्भिकता आगामी दिनमा अझै बढ्दै जाने बताए । एकीकृत समाजवादी पार्टी सधै जनताको पक्षमा रहेको बताउँदै उनले देश तथा विदेशमा पनि पार्टीमा आकर्षण रहेको जिकिर गरे । उनले समाजवादी जागरण अभियानले समाजमा भावनात्मक सम्वन्ध कायम गर्ने बताए ।

पूर्वमन्त्री एवं दाङ क्षेत्र नं १ का सांसद मेटमणि चौधरीले गणतन्त्रको रक्षाका लागि बनेको गठबन्धनको विकल्प नरहेको बताए । गठबन्धन कमजोर पार्न केही शक्तिले निकै बल गरे पनि उनीहरु निरन्तर असफल भइरहेको उनको भनाइ थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.