एमाले संसदीय दलको बैठक बस्दै
काठमाडौं। नेकपा (एमाले) को संसदीय दलको बैठक बस्दैछ। एमाले प्रमुख सचेतक पदम गिरीका अनुसार आज र भोलि गरी दुई दिन चल्ने बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अवस्थाका साथै एमाले सांसदहरूले संसद्मा खेल्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिनेछन्।
आजको बैठक दिउँसो १२ बजे संसद् भवनमा बस्दैछ। बैठक आइतबार पनि बस्नेछ’, गिरीको भनाइ छ। बैठकमा अध्यक्ष ओलीले पछिल्लो राजनीतिक अवस्थाका साथै एमाले सांसदहरूले संसद्मा खेल्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिनेछन्।
संसद्को हिउँदे अधिवेशन यही सोमबारदेखि बस्दैछ । यो अधिवेशनमा सङ्घीयता कार्यान्वयन, शान्ति प्रक्रिया लगायत महत्त्वपूर्ण कानुनहरू बनाउने विधेयक अघि बढाउने सरकारको तयारी छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment