एटलेटिकोले रियल म्याड्रिडलाई बराबरीमा रोक्यो

डिसी नेपाल
२२ माघ २०८० ९:५१
36
Shares

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडलाई एटलेटिको म्याड्रिडले १-१ गोलको बराबरीमा रोकेको हो ।

एटलेटिको म्याड्रिडले इन्जुरी समयको ९३औं मिनेटमा गोल गर्दै रियल म्याड्रिडसँग अंक खोसेको थियो । एटलेटिको म्याड्रिडका लागि मार्कस लिओरेन्टेले गोल गरेका थिए ।

यसअघि खेलको २०औं मिनेटमा रियल म्याड्रिडका लागि ब्राहिम डियाजले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । यो बराबरीपछि रियल म्याड्रिडको २३ खेलमा ५८ अंक रहेको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । रियल म्याड्रिड दोस्रो स्थानमा रहेको जिरोना भन्दा २ अंकले अगाडी रहेको छ ।

त्यसैगरी एटलेटिको म्याड्रिडको भने २३ खेलमा ४८ अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.