क्यानडाविरुद्धको एक दिवसीय सिरिज भोलीबाट

डिसी नेपाल
२४ माघ २०८० १७:०५
68
Shares

काठमाडौं। क्यानडाविरुद्धको एक दिवसीय क्रिकेट सिरिज बिहीबारदेखि सुरु हुँदैछ।

आईसीसी मेन्स क्रिकेट वर्ल्डकप (सीडब्लूसी) लिग टूको सुरुवात गर्नुअघि नेपालले क्यानडासँग सिरिजको आयोजना गरेको हो। नेपालले त्रिवि मैदान कीर्तिपुरमा क्यानडासँग एकदिवसीय तीन म्याचको सिरिज खेल्नेछ।

सिरिजको पहिलो खेल बिहीबार, दोस्रो खेल शनिबार र अन्तिम खेल सोमबार हुने तालिका रहेको छ। प्रतियोगिता खेल्ने दुवै देशका खेलाडीहरु बुधबार अभ्यासमा व्यस्त भएका छन्। क्यानडाविरुद्धको सिरिजका लागि नेपालले रोहित पौडेलको कप्तानीमा टिम घोषणा गरेको छ भने क्यानडाका प्रशिक्षक पुबुदु दासानायकेले पनि साद बिन जफरको कप्तानीमा अनुभवी खेलाडीहरुलाई समेटेर टोलीको घोषणा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.