बुमराह आईसीसी टेष्ट वरियताकाे शिर्ष स्थानमा
काठमाडौं। जसप्रित बुमराह आईसीसीको टेष्ट बलर वरियतामा नम्बर १ बलर बनेका छन्।
ईङल्याण्डविरुद्धको पहिलो दुई टेस्टमा उत्कृष्ट बलिङ गरेका बुमराह पहिलो पटक आइसीसी वरियतामा शिर्ष स्थानमा उक्लिएका हुन्। योसँगै अफ स्पिनर रविचन्द्रन आश्विन २ स्थान गुमाएर तेस्रो स्थानमा पुगेका छन्। दोस्रो स्थानमा दक्षिण अफ्रिकाका कागिसो रबाडा छन्।
बुमराहले ईङल्याण्डको घरेलु टेस्ट सिरिजको पहिलो २ खेलमा १५ विकेट लिएका थिए। उनले पहिलो टेस्टमा ६ विकेट र दोस्रो टेस्टमा ९ विकेट लिएका थिए।
उनी दोस्रो खेलको प्लेयर अफ द म्याच समेत बने । अब बुधबार उनी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को पछिल्लो वरियतामा शीर्ष स्थानमा पुगेका छन्। बुमराहले अस्ट्रेलियाका प्याट कमिन्स, अश्विन र रबाडालाई पछि पार्दै शीर्ष स्थानमा पुगेका हुन्। बुमराहको हाल ८८१ रेटिङ अंक छ, जुन उनको करियरकै उत्कृष्ट हो।
बुमराह हाल एकदिवसीय बलर वरियतामा छैटौं र टी–२० बलरको वरियतामा १००औँ स्थानमा छन्। ३० वर्षीय बुमराहले ३४ टेस्टमा १५५ विकेट लिएका छन्। उनको नाममा १० पटक एक इनिङमा ५ वा सोभन्दा बढी विकेट लिने कीर्तिमान छ।







डिसी नेपाल







Facebook Comment