माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी

डिसी नेपाल
२८ माघ २०८० १३:५७
8
Shares

काठमाडौं। समसामयिक राजनीतिक विषय र आगामी फागुन १ गतेदेखि सुरु हुन लागेको विधान अधिवेशनबारे छलफल गर्ने कार्यसूचीका साथ नेकपा(माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक बसिरहेको छ।

राष्ट्रियसभा गृहमा सुरु भएको बैठकमा माओवादी केन्द्रले यसअघि सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष अभियान’मा विशेष समीक्षा गर्ने कार्यसूची छ। माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता बैठकमा समसामयिक राजनीतिक विषयका अलावा पार्टीको काम कारबाही र आगामी फागुन १ गतेदेखि तय गरिएको विधान सम्मेलनबारे पनि छलफल हुनेछ।

माओवादी केन्द्रले चार महिने अभियानमा पार्टीको संगठन निर्माण, पुनःनिर्माणका अलावा शहीद परिवार, बेपत्ता योद्धाका परिवार, घाइते अपांगता भएका कार्यकर्तासँग भेटघाट गरेको थियो। सरकारमा रहेर गरिएको सुशासन र समृद्धिको अभियानबारे जनतालाई जानकारी गराएको थियो। गत भदौ १६ गतेदेखि सुरु भएको सो अभियान गत पुस १७ गतेसम्म चलेको थियो।

बैठक आज र भोलिसम्म चल्नेछ। माओवादीको केन्द्रीय समिति चार सय नौ सदस्यीय छ। यस्तै, वैकल्पिक केन्द्रीय सदस्य एक सय ९० जना छन्। यस्तै सात वटा भौगोलिक र तीन गैरभौगोलिक प्रदेश समितिका पदाधिकारीलाई पनि बैठकमा आमन्त्रण गरिएको छ।

माओवादी केन्द्रले आगामी फागुन १, २ र ३ गते राजधानीमा विधान सम्मेलन गर्दैछ। विधानको मस्यौदाका लागि माओवादीले उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो। उक्त समितिले प्रस्ताव गरेको विधानमाथि माओवादीको स्थायी समिति बैठकमा छलफल गरिसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *