रुसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउन सरकार चुक्यो : विश्वप्रकाश शर्मा
काठमाडौं। प्रमुख सत्तासाझेदार दल कांग्रेकका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले रुसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउन नेपाल सरकार चुकेको आरोप लगाएका छन्।
आइतबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले रुसी सेनामा भर्ना भएका नेपालीमाथि दुर्व्यवहार भइरहेको जानकारी गराउँदै उनीहरुलाई स्वदेश फर्काउन सरकार चुकेको आरोप लगाएका हुन्।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसमेत सहभागी बैठकमा महामन्त्री शर्माले रुसी सेना छोडेको नेपालीलाई पक्राउ गरेर रुसले युद्धमा पठाएको बताए।
‘मस्कोबाट फर्कंदै गरेका नेपाली युवालाई रुसी सेनाले पक्राउ गरेको छ । रुसी सेना छोडेको नेपालीलाई नेपाली दूतावासले पठाउँदा समेत पक्राउ गरेर युद्धमा लैजानु कति मानवीय हुन्छ ?,’ उनले बैठकमा भने।
No ads found for this position

डिसी नेपाल
Facebook Comment