केशवकुमार बुढाथोकीको निधनले अपूरणीय क्षतिः सभापति देउवा

डिसी नेपाल
२८ माघ २०८० १९:५७
44
Shares

झापा। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनले पार्टी र राष्ट्रलाई अपूरणीय क्षति पुगेको बताएका छन्।

आज झापास्थित बुढाथोकी निवासमा आयोजित बुढाथोकीको सातौँ दिनको श्रद्धाञ्जली सभामा सभापति देउवाले विकास निर्माण, संगठन विस्तार, लोकतान्त्रिक आन्दोलन एवम् संविधान निर्माणमा उनले निर्वाह गरेको भूमिका सधैँ स्मरणीय रहने बताए।

सभापति देउवतासँगै अर्थमन्त्री प्रकाशशरण महत, कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, सहमहामन्त्री भीष्मराज आङ्दम्बे, केन्द्रीय सदस्यहरु राजीव ढुंगाना, महेन्द्राकुमारी सुब्बा, सुशीला ढकाललगायतले बुढाथोकीको व्यक्तित्व, नेतृत्वका साथै पार्टीका विभिन्न पदीय जिम्मेवारीमा रहँदा गरेको योगदानको स्मरण गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *