सुन तस्करी प्रकरण : पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुनले सिंहदरबार पुगेर बयान दिए

डिसी नेपाल
२८ माघ २०८० २३:१६
56
Shares

काठमाडौं। सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले पूर्वउपराष्टपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसँग बयान लिएको छ। सुन तस्करीबारे जाँचबुझ गर्न गठित आयोगले पुनसँग आइतबार बयान लिएको हो।

दिपेश माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)का महासचिव हुन्। दिपेशसँग सिंहदरबारस्थित कार्यालयमा बयान लिइएको हो।

करिब ६१ किलो सुन तस्करीमा संलग्न बेल्जियनका दावा छिरिङसँग दिपेशको कनेक्सन देखिएपछि उनी विवाददित बनेका थिए। दावाकी श्रमिती एवं पुनसँग निकट रहेकी अमला रोका भने अहिले फरार रहेकी छिन्।

साउन ३ मा करिब ६१ किलो सुन बरामद भएपछि र होटल भियानामा छापा मार्नु केही दिनअघि मात्रै अमला रोका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको घरमा पुगेर खाना खाएको भिडियो सामाजिक सञ्जालमा आएको थियो।

त्यति मात्र होइन, बुहारी जुनाले दावालाई भाइटीका लगाएको तस्बिर पनि बाहिरिएको थियो। जसले गर्दा कमला रोकाको पुनको परिवारसँग राम्रो सम्बन्ध देखिएको पुन र दावको पटक पटक फोन सम्पर्क देखिएपछि पुन अनुसन्धानको घेरामा परेका थिए ।

यो पनि पढ्नुस्

सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिक दावा छिरिङसँग माओवादी नेताहरुको पारिवारिक सम्बन्ध


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *