त्रिकोणात्मक टी–२० सिरिजः नेदरल्याण्डविरुद्ध नेपालले पहिले बलिङ गर्दै

डिसी नेपाल
१९ फागुन २०८० ११:५२
28
Shares

काठमाडौं। त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत कीर्तिपुरस्थित क्रिकेट मैदानमा भर्खरै भएको टसमा नेदरल्यान्ड्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्। यससँगै नेपालले पहिला फिल्डिङ गर्नेछ । नेपालले आजको खेलमा एक खेलाडीलाई परिवर्तन गरेको छ । आजको खेलमा अनिल शाहको स्थानमा कुशल भुर्तेललाई समेटिएको छ ।

नेपालको टोलीमा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, प्रतिश जिसी, अभिनाश बोहोरा र आरिफ शेख छन् ।

शीर्ष दुईमा रहँदै फाइनल खेल्नका लागि पनि नेपाललाई आजको खेल जित्नुपर्ने हुन्छ । नेपाल पहिलो खेलमा नामिवियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको थियो । तेस्रो खेलमा नामिवियालाई तीन रनले हराउँदै फाइनलको सम्भावना नेपालले कायमै राखेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *