नेदरल्याण्डले नेपाललाई दियो १२१ रनको लक्ष्य
काठमाडौं। नेदरल्याण्डले नेपाललाई १२१ रनको लक्ष्य दिएको छ ।
जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डसले १९.३ ओभरमा अल आउट हुदै १२० रन बनाएको हो।
नेदरल्याण्डका लागि म्याक्स ओ दाउदले सर्बाधिक ३१ रन बनाए भने टिम भान डेर मार्वेले २४ रन बनाएका थिए । त्यस्तै रोएलोफ भान डेर मार्वेले २३ तथा कप्तान स्कट एडवार्डसले १८ रन बनाएका थिए ।
त्यसैगरी नेपाली बलर प्रतिस जिसीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएका थिए । प्रतिसले ४ ओब्र्मा १३ रन दिएर ३ विकेट लिएका हुन । त्यसैगरी करण केसी र कुशल मल्लले २-२ विकेट लिए भने दिपेन्द्र सिंह ऐरीले एक विकेट लिएका थिए ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment