फुटबल प्रतियोगितामा झडप, ३ वटा बसमा क्षति, १ जना घाइते
मोरङ । फुटबल प्रतियोगिताको फाइनल खेलमा मुख्य रेफ्रिले पुर्वाग्रह राखी गलत निर्णय गरी खेल हराएको भन्दै पराजित टिमका अफिसियल र दर्शकले मैदानमा अभद्र व्यवहार गरेपछि दुई टिमका दर्शकबीच झडप भएको छ।
मोरङको पथरीशनिश्चरे–१० मा भुटानी शरणार्थी शिविर व्यवस्थापन समितिले आयोजना गरेको फुटबल प्रतियोगिताको फाइनल खेल पछि आइतबार विजेता आयोजक युथ फुटबल क्लब र सह आयोजक भुटानिज युथ क्लबका दर्शकबीच दोहोरो झडप भएको हो।
निर्धारित ९० मिनेटको खेल सकिएपछि थप गरिएको ४ मिनेट सुरु हुने बित्तिकै उप विजेता टिमका भेराटी (विदेशी खेलाडी) विपक्षी टिमको डिबक्समा लडेका थिए। तर, मुख्य रेफ्रि मनिष अधिकारीले फल्ड नदिई खेल सुचारु गरेपछि भुटानिज युथ क्लबका अफिसियल र समर्थक मैदानमा प्रवेश गरी होहल्ला गरी खेल अवरुद्ध गरेका थिए।
सशस्त्र प्रहरीले मैदान खाली गरी सुचारु गरेको खेल अतिरिक्त समय पनि सकिएपछि १–० गोलले आयोजक युथ फुटबल क्लब पथरीशनिश्चरे भुटानी शरणार्थी शिविरले जितेको थियो।
खेल सकिना साथ सशस्त्र प्रहरीले मैदानबाटै रेफ्रिलाई स्कटिङ गरेर मञ्चमा पुर्याएको थियो। उक्त घटना हेरिरहेका बेलडाँगी पक्षका दर्शकले त्यसपछि रेफ्रिले साँच्ची कै गल्ती गरेको आरोप लगाउँदै जथाभावी होहल्ला गर्न थालेका थिए।
सशस्त्र प्रहरीले घटनालाई साम्य पार्न लाठी चार्ज समेत गरेको थियो। एकातर्फ पुरस्कार वितरण चलिरहँदा मैदानमा दुइपक्षबीच फाइट चलिरहेको थियो। भूटानी शरणार्थी शिविर नजिकै रहेको खेल मैदानमा एकाएक शिविरबाट मानिसहरु पसेर होहल्ला गरेका थिए।
केही समय पछि बेलडाँगी शिविरबाट फुटबल हेर्न आएका दर्शक चढेको बसमा ढुंगा मुडा समेत भएको छ। ५ वटा बस मध्ये ३ बसमा क्षति भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्।
प्रहरीले भिड नियन्त्रण लिएपछि दुई पक्षका समर्थकबीच भएको भिडन्तमा परी एकजना घाइते भएका छन्। घाइतेलाई सशस्त्र प्रहरीले आफै उद्धार गरी अस्पताल पु¥याएको छ। शिविर सँगै रहेको सशस्त्र प्रहरीका सइ लक्ष्मण महतले कोही पनि घाइते नभएको बताए।







डिसी नेपाल







Facebook Comment