राष्ट्रियसभाका अध्यक्ष दाहालले सम्हाले पद

डिसी नेपाल
२९ फागुन २०८० १८:४१
80
Shares

काठमाडौं। नवनिर्वाचित राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पदभार ग्रहण गरेका छन्।

मंगलबार शितल निवासमा पद तथा गोपनियताको सपथ लिएपछि उनले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन्। सिंहदरबारमा उनलाई राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याल, संसद सचिवालयमा महासचिव लगायत कर्मचारीहरुले स्वागत गरेका थिए ।

पदभारका क्रममा उनले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ४० मा भएको व्यवस्था अनुसार राष्ट्रिय सभामा मन्त्रीहरूसँग प्रश्नोत्तर गर्न सकिने भएकाले त्यसका लागि राष्ट्रिय सभा सदस्यहरूका लागि अभिमुखीकरण सञ्चालन गर्ने निर्णय स्वीकृत गरेका छन्। सो क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै महत्वपूर्ण विधेयकहरुलाई अघि बढाउनका लागि सबै दलहरुलाई साथमा लिएर अघि बढ्ने बताए।

त्यस्तै संविधान कार्यान्वयनका लागि बन्न बाँकी ऐन कानूनहरुको निर्माणलाई पनि गम्भीरताका साथ लिने उनले धारणा राखे।

१८ वर्ष प्रवासमा रहेर काम गरेका दाहाललाई राष्ट्रियसभा अध्यक्षको जिम्मेवारी




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.