आफू नेतृत्वमा रहेको प्रदेश सरकारलाई सुरक्षित गर्न पहल गर्ने कांग्रेसको निर्णय

डिसी नेपाल
२९ फागुन २०८० १९:२५
48
Shares

काठमाडौं। नेपाली कांग्रेसले आफू नेतृत्वमा रहेको प्रदेश सरकारलाई सुरक्षित गर्न पहल गर्ने भएको छ।

पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा मंगलबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीसहित प्रदेशका नेताहरुको बैठकले आफू नेतृत्वमा रहेको प्रदेश सरकारलाई सुरक्षित गर्र्ने र अन्य प्रदेशमा पनि कांग्रेस नेतृत्वको सरकार बनाउन पहल गर्ने निर्णय गरेको हो।

बैठकपछि सहमहामन्त्री जीवन परियारले सम्भावना बाँकी रहेका प्रदेशमा सरकार जोगाउने विषयमा छलफल भएको जानकारी दिए। सातै प्रदेशका बारेमा प्रदेश सभापतिहरुसँग जानकारी लिएको र कांग्रेस नेतृत्वमा रहेको प्रदेश सरकारलाई बचाउने प्रयासलाई जारी राख्ने निर्णय भएको उनले बताए।

त्यस्तै कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले प्रदेश सरकारको अवस्थाका बारेमा छलफल केन्द्रीत रहेको र यथार्थ जानकारी लिने काम भएको बताए।

त्यस्तै सदनमा विपक्षमा रहेका दलहरुसंग सहकार्य गरेर सशक्त प्रतिपक्षी भूमिका निर्वाह गर्ने विषयमा पनि बैठकमा छलफल भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.