सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
काठमाडौं। संसद बैठकअघि सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले लिने विश्वासको मत र आगामी १५ दिनको संसद बैठकको क्यालेण्डर लगायतका विषयमा छलफल हुने बताइएको छ। बैठक बिहान १० बजे संसद भवन स्थित शंकर हलमा बोलाइएको छ।
प्रतिनिधि सभाको आजको बैठक ११ बजेलाई बोलाइएको छ। आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा ९२० बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेश गर्ने र उक्त प्रस्तावमाथि छलफल पश्चात् निर्णयार्थ प्रस्तुत गरिने तयारी छ।
कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्।
संवैधानिक व्यवस्थाअनुसार सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment