संसदमा विश्वप्रकाशको प्रश्न- प्रदेश प्रमुखलाई बर्खास्त गरेर बहादुरी प्रदर्शन गर्न कति हतारो ?
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज तेसा्रे पटक प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका छन् ।
उनले विश्वासको मत लिने प्रयोजनका लागि बसेको संसद बैठकमा कांग्रेसका महामन्त्री समेत रहेका सांसद विश्वप्रकाश शर्माले विश्वासको मत नलिँदै प्रदेश प्रमुख बर्खास्त गर्न किन हतारो गरेको ? भन्दै प्रश्न गरेका छन्।
उनले भने, ‘गठबन्धन परिवर्तन गर्ने बित्तिकै प्रदेश प्रमुखलाई बर्खास्त गर्न सरकारलाई कति हतारो भएको हो। विश्वासको मत आर्जन गरेर पनि गर्न सकन्थ्यो होला नि ?’
उनले यस अघिको गठबन्धन कायमै रहेको बेलामा नेताहरुको एक अर्काप्रतिको आरोपप्रत्यारोप श्रृंखला रोकिएको बताए । महामन्त्री शर्माले नयाँ दल रास्वपाको सरकार मोहप्रति पनि व्ंयग्य गरेका छन्।
कांग्रेससहितको गठबन्धन परिवर्तन गरेर नयाँ गठबन्धनको जगमा रहेको दाहाल नेतृत्वको सरकारले केही दिन अघि कांग्रेस निकट तीन जना प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्त गरेको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment