राजेन्द्र पाण्डेको प्रश्न– प्रधानमन्त्रीको योभन्दा अनैतिकता के हुन्छ ?
काठमाडौं। सत्तारुढ गठबन्धनमा आवद्ध एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले पुरानो तोडेर नयाँ गठबन्धन बनाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्य अनैतिक भएको टिप्पणी गरेका छन्।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वास गर्नै नसकिने व्यक्ति रहेको भन्दै नयाँ गठबन्धन बनाउने कार्य अनैतिक भएको बताएका हुन्।
‘फागुन १८ गते मैले प्रधानमन्त्रीसँग भेट गरेको छु। त्यही दिन व्यक्तिगत कामको सिलसिलामा जापान गएँ । दुई दिनपछि हेर्छु यहाँ त गठबन्धन बदलेको छ। चारवटा दलको हस्ताक्षर भएको छ। हामी एकीकृत समाजवादीको तर्फबाट यो देशमा पार्टीभित्रको व्यक्तिवादको विरुद्ध विद्रोह गरेर आफैँले बनाएको पार्टी तोडेर, विष पिएर तपाईंहरूलाई साथ दिएका थियौँ। तपाईंले बाढीले बगाएर ल्याएको मुढो छोडेझैँ छोडेर हिँड्नुभयो। योभन्दा अनैतिकता के हुन्छ ?,’ बैठकमा उनले प्रश्न गरे।
No ads found for this position

डिसी नेपाल
Facebook Comment