माओवादीद्वारा विधानलाई पूर्णता प्रदान

डिसी नेपाल
२ चैत २०८० १७:३५
12
Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले पार्टी विधानलाई सम्पादनसहित पूर्णता दिएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले आवश्यक सम्पादनसहित विधानलाई पूर्णता दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

बैठकमा विधानलाई समृद्ध बनाउने सम्बन्धमा छलफल भएको थियो। माओवादीले विधान निर्माण गर्न गत फागुन १ गतेदेखि राजधानीमा प्रथम विधान सम्मेलन आयोजना गरेको थियो। बैठकले राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित भएका माओवादी स्थायी समिति सदस्य नारायण दाहालले पार्टीबाट दिएको राजीनामा स्वीकृत गरेको उनले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *