सत्ता गठबन्धनको कार्यदलले शीर्ष नेताहरुलाई बुझायो न्यूनतम साझा कार्यक्रम
काठमाडौं। नयाँ सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम बनाउन गठित कार्यदलले आफ्नो जिम्मेवारी पूरा गरेको छ। जसअनुसार कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रम शीर्ष नेताहरूलाई बुझाएको छ।
कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछाने र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले बुझेका छन्।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा कार्यदलको प्रतिवेदन बुझ्दै शीर्ष नेताहरूले सरकारको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने जनाएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment