महरालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं। पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई काठमाडौं जिल्ला अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न ४ दिन म्याद दिएको हो।
सोमबार बिहान रुपन्देहीबाट पक्राउ परेका उनलाई काठमाडौं ल्याएर अदालतमा उपस्थित गराइएको थियो।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदनमा महराको संलग्नता देखाएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment