रास्वपाले गर्‍याे इलाम-२ का प्रारम्भिक उम्मेदवारसँग छलफल

डिसी नेपाल
१५ चैत २०८० १८:०१
104
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनमा उम्मेदवार बन्न नाम दर्ता गराएका प्रारम्भिक उम्मेदवारसँग छलफल गरेको छ।

पार्टीका महामन्त्री डा. मुकुल ढकालसहितका नेताहरुको उपस्थितिमा सबै ६ प्रारम्भिक उम्मेदवारसँग छलफल गरेको हो।

इलाम–२ का लागि रास्वपाको प्रारम्भिक उम्मेदवारमा गोकुल बहादुर राई, जमुना शर्मा, महेन्द्र कुमार थापा, मान बहादुर घिमिरे, मिलन लिम्बु र डा. शेष नारायण न्यौपाने रहेका छन्।

रास्वपाले पार्टीको नीति अनुसार प्रारम्भिक उम्मेदवारहरुबीच मतदानपछि उम्मेदार तय गर्ने भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *