रास्वपाबाट उम्मेदवार बनेपछि मिलन लिम्बुलाई प्रेस सेन्टरले गर्यो बर्खास्त
काठमाडौं। वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम- २ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट उम्मेदवार बनेका मिलन लिम्बुलाई नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टरले बर्खास्त गरेको छ ।
माओवादी केन्द्रमा आवद्ध लिम्बुलाई रास्वपाले इलाम- २ बाट उम्मेदार बनाउने निर्णय गरिसकेको छ। लिम्बुलाई रास्वपाले उम्मेदवार बनाएसँगै प्रेस सेन्टरले विज्ञप्ति निकालेर बर्खास्त गरिएको जानकारी दिएको छ।
लिम्बु प्रेस सेन्टरका सचिव र माओवादीको उपत्यका विशेष प्रदेश समिति सदस्य समेत थिए। उनले माओवादीबाट राजीनामा नदिई उपचुनाव लड्न रास्वपातिर लागे पछि बर्खास्त गरिएको प्रेस सेन्टरका महासचिव सन्तोष पौडेले बताएका छन्।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment