सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ सुरु, आजै फैसला आउन सक्ने

डिसी नेपाल
३ वैशाख २०८१ १४:३९
140
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दाको पुनरावेदनमाथिको सुनुवाइ सुरु भएको छ । पाटन उच्च अदालतमा न्यायाधीशहरु मुनेन्द्र प्रसाद अवस्थी र दुगाएप्रसाद ढुंगेलको संयुक्त इजलासमा सोमबार दिउँसो खाजा समयपछि सुनुवाइ सुरु भएको हो ।

यो मुद्दामा आजै फैसला आउन सक्ने बताइएको छ । जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर गरेपछि सन्दीप उच्च अदालत पुगेका हुन्। लामिछानेलाई १३ पुसमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले दोषी ठहर गरेको थियो।

सन्दीपसँगै यो मुद्दामा बलात्कार पीडित भनिएकी परिवर्तित नाम गौशाला (६) को तर्फबाट सरकारी वकिल पनि उच्च अदालत पुगेका थिए । जिल्ला अदालत काठमाडौंले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गरेपनि किशोरी नाबालिग नरहेको फैसला गरेपछि सरकारी पक्ष उनी नाबालिग नै रहेको दाबीसहित उच्च अदालत पुगेको थियो । दुवै पक्षको पुनरावेदनको सुनुवाई एकैपटक भइरहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *