पोर्चुगलमा निधन भएका बस्नेतको शव घर पठाइयो

डिसी नेपाल
२० साउन २०७६ २३:४६

लिस्बन । पोर्चुगलमा निधन भएका एक नेपालीको शव घर पठाइएको छ । रौतहटको चन्द्रनिगाहपुरका ३५ वर्षीय रामबहादुर बस्नेतको शव सोमबार नेपाल पठाइएको उनका काका गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका उपाध्यक्ष भुपेन्द्र बस्नेतले राससलाई जानकारी दिए ।

रोजगारदाता कम्पनीको खर्च व्यवस्थापनमा शव नेपाल पठाइएको उनले बताए । पेटमा सामान्य समस्या देखिएपछि बेजास्थित शान्तियागो अस्पताला भर्ना गरिएका बस्नेतलाई चिकित्सकले गम्भीर प्रकृतिको क्यान्सर भएको बताएका थिए । तीन साताको उपचारपछि बस्नेतको बुधबार राति निधन भएको हो ।

बस्नेत वैदेशिक रोजगारीका सिलसिलामा चार महीना अगाडि पोर्चुगल आएका थिए । उनी यहाँस्थित जम्बुुजिरामा रहेको ‘पिसफुल प्लानेट’ कृषि कम्पनीमा कार्यरत थिए । रासस




प्रतिक्रिया

One thought on “पोर्चुगलमा निधन भएका बस्नेतको शव घर पठाइयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *