सन्दीप लामिछानेले पाए सफाइ

डिसी नेपाल
२ जेठ २०८१ १७:१३
680
Shares

काठमाडौं। उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछाने निर्दोष भएको ठहर गरेको छ। जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई उच्च अदालतले सफाई दिएको हो।बुधबार न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले सन्दीपलाई बलात्कार मुद्दामा निर्दोष ठहर गरेको हो।

मंगलबार न्यायाधीशद्धय भट्ट र उप्रेतीको इजलासमा बहस नसकिएपछि मुद्दा अन्तिम समयमा ‘हेर्दाहेर्दै ’राखिएको थियो। मंगलबार बाँकी रहेको बहस बुधबार निरन्तर भएको थियो। दुवै पक्षको बहस सुनेपश्चात उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेको हो।

बलात्कार मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए।उच्च अदालत पाटनका प्रवक्ता विमल पराजुलीले सन्दीपले सफाइ पाएको र जिल्ला अदालतको आदेश पूर्ण रुपमा उल्टिएको जानकारी दिए।

यसैबीच सन्दीपले सफाइ पाएसँगै उनका समर्थनहरुले खुसीयाली मनाएका छन्। अदालत बाहिर पञ्चेबाजासहित उनका समर्थकहरुले खुसीयाली मनाएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *