निशुल्क प्राथमिक स्वास्थ्य उपचार: चौथो चरण तालिमकाे तयारी तीव्र
युएई। युएईमा सिकेको सीप नेपाली जनताहरूलाई निशुल्क सिकाउने लक्ष्यका साथमा युएईका व्यावसायी तथा सामाजिक अभियन्ता ओमप्रसाद उप्रेतीले आफ्नो अभियानको चौथो चरणको तालिमको तयारी तीव्र भएको बताएका छन् ।
प्राकृतिक विपत्ति, आकस्मिक अवस्था, दुर्घटनामा हरेक मानिसलाई कसरी जोगाउने भन्ने आधुनिक विधि र पद्धतिबारे सिकाइने प्राथमिक उपचार तालिम नेपालका ७७ वटै जिल्लामा आयोजना गर्ने अभियन्ता उप्रेतीले अहिलेसम्म २६ जिल्लामा यो तालिम सम्पन्न गरिसकेको जानकारी दिएका छन्।
यो अभियानको चौथो चरणमा सुदूर पश्चिमका १२ वटा जिल्लामा आगामी असोज ५ देखि १७ मा आयोजना गरिने भएको छ । यसैको तयारी तीव्र गतिमा भएको र आफ्नो अभियानलाई नेपाल सरकारको स्वास्थ्य मन्त्रालय अन्तरगत विपत व्यवस्थापन शाखाले चासो दिएका कारण अभियन्ता उप्रेती साउनको अन्तिम साता नेपाल जाने भएका छन् ।
शाखा प्रमुख चुडामणि भण्डारी र अभियन्ता उप्रेतीबीच तालिममा सिकाइने पद्धति र कोर्सबारे विस्तारमा छलफल हुने बताइएको छ । मन्त्रालयले गर्नुपर्ने काम विदेशमा कार्यरत एक देशप्रेमी युवाले गरेका कारण यो अभियानलाई नेपाल सरकारले के कसरी सहयोग गर्ने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ ।
आगामी शुक्रबार काठमाडौंमा पुन: तालिम
यसै अवसरलाई सदुपयोग गर्दै डिस्कभरी रोयल स्पोर्ट्स प्रालिका प्रबन्ध निर्देशक समेत रहेका अभियन्ता उप्रेतीले आगामी असोज २४ गते एक दिने निशुल्क प्राथमिक उपचार तालिममा प्रशिक्षण दिने कार्यक्रम तय भएको छ ।
ओम समाज डेन्टल हस्पिटल र विराज समाजको पूर्ण व्यवस्थापन र आयोजनामा अस्पतालले साउन २४ गते एक दिने तालिम एसियन भिलेज फुड ल्याण्ड एण्ड पार्टी प्यालेस सुकेधारामा गरिने भएको हो ।
राष्ट्रको लागि योगदानु भन्ने मुल नारा लिएर युएईका सामाजिक अभियन्ता ओमप्रसाद उप्रेतीको प्रत्यक्ष प्रशिक्षणमा डिस्कभरी रोयल स्पोर्ट्स प्रालि, ओम समाज डेन्टल हस्पिटल तथा विराज समाजको संयुक्त आयोजना निशुल्क प्राथमिक उपचार तालिम हुने भएको हो ।
यस अघि अस्पतालले निशुल्क प्राथमिक उपचार तालिम कार्यक्रम आफ्नै सभाहलमा सम्पन्न गरिसकेको छ ।
तालिम उपयोगी भएकोले पहिलेको भन्दा धेरै सहभागी गराउने उद्देश्यका साथ पुनस् दोस्रो पटक निशुल्क प्राथमिक उपचार तालिमको आयोजना गरिएको अस्पतालले जनाएको छ ।
तालिम लिन इच्छुकले सिट सीमित भयकोले नाम दर्ता का लागि ओम समाज डेन्टल हस्पिटलको कार्यालयमा सम्पर्क राख्न सक्ने छन् । तालिम २४ साउन शुक्रबार बिहान १० बजे देखि सुरु हुनेछ ।
सुदूर पश्चिमका १२ जिल्लामा असोज ५ देखि तालिम हुने
यो अभियान २०७४ चैत १ बाट चितवनदेखि शुरु भएको हो । प्रदेश १, २ र ३ का २६ जिल्लामा तीन चरणमा यो तालिम सम्पन्न भइसकेको छ । आगामी असोज ५ गतेदेखि १७ सम्म दार्चुलाबाट चौथो चरणको तालिम आयोजना गरिने अभियन्ता उप्रेतीले जानकारी दिएका छन् । उप्रेतीका अनुसार आगामी असोज ५ गते दार्चुला, ६ गते बझाङ, ७ गते बैतडी, ८ गते डडेल्धुरा, ९ गते डोटी, १० गते अछाम, ११ गते बाजुरा, १३ गते कंचनपुर, १४ गते कैलाली, १५ गते बर्दिया, १६ गते बाँके र समापन कार्यक्रम असोज १७ गते दाङ जिल्लामा हुनेछ ।
के के सिकाइन्छ ?
यो तालिममा निम्न रोग लाग्दा वा विपत्तिको अवस्था सिर्जना हुँदा के कसरी आधुनिक तरिकाले पीडितलाई बचाउने र अस्पतालसम्म पुर्याउने भन्ने बारेमा मुख्य प्रशिक्षक ओमप्रसाद उप्रेतीले सैद्धान्तिक साथै व्यावहारिक प्रशिक्षण दिनेछन् ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment