गीत : उडाउने हो छक्का

खगेन्द्रराज सिटौला
३२ जेठ २०८१ १३:४५
236
Shares

जब हुन्छ पक्का
उडाउने हो छक्का
जब मिल्छ मौका
गुडाउने हो चौका
एक रन दुई रन तीन रन पनि
कुद्ने गनी गनी।

छिट्टै विकेट लिने हो
थोरै रन दिने हो
जित्नलाई म्याच
नछाड्ने हो क्याच
मैदानभरि फिटैफिट
लडाउने हो डाइरेक हिट।

पहिला बलिङ गरेनि
जित्ने नेपाल नै हो
पहिला ब्याटिङ गरेनि
जित्ने नेपाल नै हो ।

मैदान भित्र नेपाल
मैदान बाहिर नेपाल
नेपाल भित्र नेपाल
नेपाल बाहिर नेपाल
नेपाल नेपाल नेपाल
विश्वकप जित्ने
साहस भर नेपाल
नेपाल नेपाल नेपाल
जयजय नेपाल जय नेपाल
जयजय नेपाल जय नेपाल !!




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.