गीत : उडाउने हो छक्का
जब हुन्छ पक्का
उडाउने हो छक्का
जब मिल्छ मौका
गुडाउने हो चौका
एक रन दुई रन तीन रन पनि
कुद्ने गनी गनी।
छिट्टै विकेट लिने हो
थोरै रन दिने हो
जित्नलाई म्याच
नछाड्ने हो क्याच
मैदानभरि फिटैफिट
लडाउने हो डाइरेक हिट।
पहिला बलिङ गरेनि
जित्ने नेपाल नै हो
पहिला ब्याटिङ गरेनि
जित्ने नेपाल नै हो ।
मैदान भित्र नेपाल
मैदान बाहिर नेपाल
नेपाल भित्र नेपाल
नेपाल बाहिर नेपाल
नेपाल नेपाल नेपाल
विश्वकप जित्ने
साहस भर नेपाल
नेपाल नेपाल नेपाल
जयजय नेपाल जय नेपाल
जयजय नेपाल जय नेपाल !!
No ads found for this position
प्रतिक्रिया


Facebook Comment