पत्रकार महासंघको निर्वाचन कार्यतालिका हेरफेर, उम्मेदवारी दर्ता शनिबार

डिसी नेपाल
१३ असार २०८१ ११:०४
52
Shares

काठमाडौं। असार २२ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनको कार्यतालिकामा सामान्य हेरफेर भएको छ । महासंघले आज एक विज्ञप्ति जारी गर्दै कार्यतालिकामा परिवर्तन भएको जानकारी गराएको छ।

परिवर्तन भएको कार्यतालिका अनुसार महासंघको नेतृत्वका लागि आज हुने भनिएको मनोनयन दर्ता शनिबारलाई सरेको छ। शनिबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवार दर्ता हुनेछ । त्यसका लागि आज रातिसम्म अन्तिम मतदाता नामावली प्रकाशित हुनेछ।

त्यस्तै शनिबरा राति८ बजे उम्मेदवारको सूची प्रकाशित गरिनेछ भने उम्मेदवारविरुद्ध दाबी बिरोध शनिबरा राति ८ बजेदेखि आइतबार बिहान ११ बजेसम्म गर्न सकिनेछ।

उम्मेदवारी फिर्ता लिन चाहेमा असार १६ गतेको समय निर्धारण गरिएको छ भने अन्तिम नामावली १६ गते दिउँसो सार्वजनिक हुनेछ । २२ असारमा मतदान हुने र सोही दिन रातीबाट मत गणना सुरु गर्ने कार्यतालिका छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *