कतारको समुद्रमा डुबेर एक नेपालीको मृत्यु
दोहा । कतारमा एक नेपाली युवाको ज्यान गएको छ। समुद्रको किनारमा पौडी खेलिरहेको बेला सामुद्रिक छालले तानेर डुब्दा धनकुटाका ललित लिम्बुको निधन भएको हो।
लामो समयदेखि कतारलाई कर्मथलो बनाएका लिम्बु सामाजिक काममा निकै सक्रिय थिए । धनकुटा समाज कतारको पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकारसमेत रहेका लिम्बु दोहामा क्रियाशील अन्य नेपाली सामाजिक संघसंस्थामा पनि आवद्ध थिए।
उनको अकल्पनीय निधनले अहिले कतारवासी नेपाली स्तब्ध भएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment