गाजामा इजरायली हवाई आक्रमणमा ४० जनाको मृत्यु
काठमाडौं । हमासद्वारा सञ्चालित प्रशासनले गाजा पट्टीमा इजरायलको पछिल्लो हवाई आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको जनाएको छ ।
हमासद्वारा सञ्चालित सिभिल डिफेन्स एडमिनिस्ट्रेशनले आक्रमण मानवीय सहायताका लागि तोकिएको क्षेत्रमा भएको र अन्य धेरै व्यक्ति घाइते भएको आशंका गरेको बताएको छ।
इजरायली सेनाले भन्यो ‘हाम्रा लडाकु विमानहरूले खान युनिसमा हमास लडाकुहरूको सञ्चालन केन्द्रमा आक्रमण गरे र यो अपरेशनमा नागरिकहरूलाई क्षति हुनबाट जोगाउन उपायहरू गरिएको थियो।’
स्थानीय बासिन्दाहरूले भनेअनुसार अल-मावासीमा विस्थापित मानिसहरूको पालमा तीनवटा आक्रमणहरू गरिएको थियो र ठूलो खाडल बनेको थियो । अल-मवासी खान युनिसको पश्चिममा सर्वसाधारणको बसोबास भएको क्षेत्र हो।
हमासको सिभिल डिफेन्स अपरेसन निर्देशकले बीबीसीलाई भने, “४० जनाको मृत्यु भएको छ र ६० जना घाइते भएका छन् भने धेरै मानिस भग्नावशेषमा दबिएका छन्।”
गत वर्ष अक्टोबरमा इजरायलले आफ्नो सैन्य अभियान सुरु गरेपछि हजारौं विस्थापित प्यालेस्टाइनीहरू आफ्नो ज्यान बचाउन खान युनिसतिर भागेका थिए।
अक्टोबर ७ मा इजरायल भित्र हमासको आक्रमण पछि इजरायलले यो भूमि सैन्य अभियान सुरु गरेको थियो, जसमा १२०० जनाको मृत्यु भएको थियो र २५१ मानिसहरूलाई गाजामा बन्धक बनाएको थियो।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली सैन्य अभियानमा हालसम्म ४०,९०० भन्दा बढी मानिस मारिएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment