लघु कथा: सम्मृद्धि को खोजी

कृष्ण बोहरा
२६ भदौ २०८१ १२:१४
52
Shares

कामी सिंह त्यस्तो गुटको खोजीमा थियो, जसले देशमा सम्मृद्धि ल्यावस। युवा बिदेशीन नपरोस्। देशको आर्थिक स्तर अकासिएर आकास चुमोस्। देसमा शान्ति कायम होस्। आफ्नो इच्छा चाहना उसले सिंह बहादुरलाई सुनायो।

सिंह बहादुरले भन्यो, “देशमा यत्रा राजनीतिक पार्टीहरु छन्। हरेक पार्टीमा गुटै गुट छन्। जुन गुटमा लागे पनि भैगयो नि! लाग्न चाहिँ सरकार बनाउन सक्ने गुटमा लाग्नु नत्र सम्मृद्धि संभव छैन।

कामी सिंहले भन्यो, ” के कुरा गर्‍या दाइले नेताको सम्बृद्धि भनेको कि देशको सम्मृद्धि? आजसम्म यत्रा सरकार बनिए। देशको सम्मृद्धि भएको देखिएको छैन नि?”

सिंह बहादुरले भन्यो, “देशको सम्मृद्धिको सपना पनि कुनै मुर्खले देख्छ? नेताको सम्मृद्धि, चाकडी गर्न जान्यौ भने तिमी आफ्नै सम्मृद्धि पनि हुन्छ। मौकामा चौका हान्न जान्नेको समय छ आजकल।”

कामी सिंहले भने, ” देशको सम्मृद्धि हुने भए म गुट अदल बदल गर्न, पार्टी बदल्न र एउटा गजबको गुटमा लाग्न तयार थिएँ।”
“त्यस्तो गुट कहाँ फेला पर्छ, कहिले फेला पर्छ? खबर गर्नु है दाइ! बरु उपगुट नै भएपनि हुन्छ। ” जाँदै गर्दा अली पर पुगेर पनि निकै ठूलो स्वरमा उनी कराए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *