भारतीय संगीतकार हिमेश रेशमियाका पिताको निधन

डिसी नेपाल
३ असोज २०८१ १७:५३
92
Shares

काठमाडौं। भारतीय गायक तथा संगीतकार हिमेश रेशमियाका पिता विपिन रेशमियाको निधन भएको छ।

८७ बर्षिय विपिन पछिल्लो समय अस्वस्थ रहेको र उनको मुम्बईस्थित कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा उपचारको क्रममा निधन भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्। उनको आज मुम्बईको ओशिवारा श्मशान गृहमा अन्तिम संस्कार गरिएको छ।

विपिन रेशमियाको परिवारले एक विज्ञप्ति जारी गर्दै उनको मृत्युको पुष्टी गर्दै लेखेका छन्, ‘अत्यधिक दुःखका साथ हाम्रा बुवा विपिन रेशमियाको १८ सेप्टेम्बरमा निधन भएको जानकारी गराउँदछौं।’ विपिन रेशमिया फिल्मका निर्माता–संगीतकार थिए ।

उनले ‘द एक्सपोज’ (२०१४) र ‘तेरा सुरुर’ (२०१६) जस्ता फिल्महरू निर्माण गरेका थिए। उनले रिलिज हुन नसकेको ‘इन्साफ का सुरज’ (१९९०) को लागि पनि संगीत दिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *