विश्व नेपाली साहित्य महासंघको जापान शाखाको परिचयात्मक कार्यक्रम सम्पन्न

डिसी नेपाल
२८ साउन २०७६ ११:२२

टोकियो । विश्व नेपाली साहित्य महासंघको जापान शाखाले पहिलो कार्यक्रम ‘संस्था परिचय तथा रचना वाचन’ सम्पन्न गरेको छ । अगष्ट १२ तारिखका टोकियोको नेवा डाईनिङ हल ओकुबोमा संस्थाका अध्यक्ष देवी बहादुर ईङनामको सभापतित्वमा सम्पन्न गरेको हो ।

एनआरएनए आईसीसी सदस्य ओम गुरुङको प्रमुख आतिथ्यता, तमुधींका केन्द्रीय महासचिव गिरी प्रसाद गुरुङको विशिष्ट आतिथ्यता र एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष देवीलाल भण्डारीको विशेष आतिथ्यता रहेको कार्यक्रममा जापानका अन्य विभिन्न संस्थाका प्रतिनिधिहरूको पनि सहभागी भएका थिए।

कार्यक्रममा प्रमुख अतिथि ओम गुरुङ, विशिष्ट अतिथि गिरी प्रसाद गुरुङ र विशेष अतिथि देवीलाल भण्डारीले आफ्नो मन्तव्य राख्दै जापान शाखालाई शुभकामना दिएका थिए।

जापानका विभिन्न संस्थाहरू तमु धीं जापानका अध्यक्ष तथा एनआरएनए जापानका महिला उपाध्यक्ष अनिता गुरुङ, थकाली सेवा समाजका अध्यक्ष बुद्धी गौचन, पूर्वी नेपाल विकास सहकार्य केन्द्रका अध्यक्ष सुभाष लोहनी र किरात याक्थुङ चुम्लुङका सचिव बाल बिक्रम तिगेलालायतले शुभकामना दिएका थिए।

कार्यक्रममा विश्व नेपाली साहित्य महासंघका केन्द्रीय सदस्य भुवन रोकाले संस्थाको परिचय दिदैँ यसका उद्देश्यहरू साथै अहिलेसम्म गरेका कार्यहरू बारे प्रष्ट पार्दै जापान शाखामा रहेका पदाधिकारीहरूलगायत सम्पूर्ण सदस्यहरूको औपचारिक परिचय गराएका थिए।

कार्यक्रममा  विजय स्याङबो, शिवराज राई, विमन किराती, दिलीप राई, गंगा गगन, सयपत्री थुलुङ, आईन्द्र राई “आँकुरा”, सुगम साकुरा, दीप मुस्कान लगायत करिव डेड दर्जन जति साहित्यकारहरूले आफ्ना कविता, गजल, मुक्तक, हाइकु लगायतका रचनाहरू प्रस्तुत गरेका थिए।

कार्यक्रममा सचिव बिमन किरातीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने संस्थाका महासचिव रविन्द्र दिखुक्पाले बीचबीचमा आफ्ना चोटिला रचनाहरू सुनाउँदै कार्यक्रम सञ्चालन गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *