चीनद्वारा दशकौंपछि इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल परीक्षण, पश्चिमलाई खतराको घण्टी
काठमाडौं । चीनले प्रशान्त महासागरमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण गरेको दाबी गरेको छ । यसमा डमी वारहेड प्रयोग गरिएको थियो।
चीनले यसलाई नियमित परीक्षण भनेको छ, तर विश्लेषकहरूले भनेअनुसार चीनको भनाइ अचम्मको छ किनभने उसले अन्तिम पटक सन् १९८० को दशकमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइलको परीक्षण गरेको थियो।
चीनले यो आफ्नो सेनाको दिनचर्या र वार्षिक तालिमको हिस्सा भएको बताएको छ । चीनको सरकारी मिडियाले यस क्षेप्यास्त्र प्रक्षेपणको बारेमा वरपरका देशहरूलाई पहिल्यै जानकारी गराएको बताएको छ।
अमेरिकी रक्षा विश्लेषक जोन रिजले अमेरिकाको अगाडि आफ्नो शक्ति देखाउन चीनले यो प्रक्षेपण गरेको हुनसक्ने बताएका छन् ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment