इजरायली हवाई आक्रमणमा वेस्ट बैंकमा १८ जनाको मृत्यु
काठमाडौं । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले बिहीबार बताएअनुसार कब्जा गरिएको वेस्ट बैंक शहर तुलकरममा इजरायली हवाई आक्रमणमा कम्तिमा १८ व्यक्तिको मृत्यु भएको छ।
प्यालेस्टिनी अथोरिटीद्वारा सञ्चालित समाचार एजेन्सी वाफाले भनेको छ, “आक्रमणले तुलकरम शहरको शरणार्थी शिविरमा रहेको एउटा क्याफेलाई निशाना बनाएको थियो, जहाँ धेरै नागरिकहरू उपस्थित थिए।”
इजरायली सेनाले भन्यो – वायु सेनाले आफ्नो शिन बेट सुरक्षा सेवासँगको संयुक्त अपरेशनमा तुलकरम सहरमा हमासको प्रमुख र “अन्य महत्त्वपूर्ण आतंककारीहरू” मारेको छ।
समाचार एजेन्सी वाफाले स्थानीय अधिकारीलाई उद्धृत गर्दै यस आक्रमणमा धेरै परिवारका बालबालिका र वृद्धवृद्धाको मृत्यु भएको बताएको छ ।
एक स्थानीय बासिन्दाले समाचार एजेन्सी एएफपीलाई इजरायलले तीन तले भवनमा रहेको क्याफेलाई निशाना बनाएको बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment