आज घट्यो सुनको भाउ, तोलामा कति ?
काठमाडौं । अघिल्लो सातादेखि निरन्तर उकालो लागेर उच्च रेकर्ड बनाएको सुनको भाउ आज (बुधबार) भने ओरालो लागेको छ।
हिजो एक हजार रुपैयाँ बढेर तोलाको ७१ हजार रुपैयाँ पुगेको सुनको भाउ आज ७ सय रुपैयाँ घटेर ७० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै आज तेजावी सुनको भाउ पनि ओरालो लागेको छ । आज तेजावी सुन ७० हजार रुपैयाँ र चाँदी प्रतितोला ८२० रुपैयाँमा कारोबार भईरहेको छ । हिजो तेजावी सुन ७० हजार ७ सय रुपैयाँ तथा चाँदी ८३५ रुपैयाँमा कारोबार भएको थियो।

काठमाडौँ उपत्यका भन्दा बाहिरका जिल्लामा भने सुनको भाउ केही बढी पर्न सक्नेछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment